१७ असार २०८३, बुधबार

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार पनि दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ । 

नेप्से उकालो लाग्दा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । कूल १६४ कम्पनीको कूल १३ लाख ८६ हजार २८ कित्ता शेयर ३१ करोड १४ लाख ८८ हजार ६५२ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये मंगलवार ३ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ७.९३, उत्पादन ५२.९२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेका छन् । 

बैंकिङ १२.८१, विकास बैंक ३.८४, जलविद्युत् ५.१८, वित्त ९.६८, निर्जीवन बीमा ४९.१२, अन्य ९.१२, लघुवित्त ११.२९ र जीवन बीमा १६.६१ विन्दुले बढेको छ । कारोबारका आधारमा आज नेपाल बंगलादेश बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । 

बैंकको ७ करोड १ लाख २५ हजार रुपैयाँ कारोबार भई शीर्ष स्थानमा रहेको छ । शिवम् सिमेन्टको ४ करोड ३० लाख ३ हजार ५१७ रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ३ करोड ३१ लाख ८७ हजार ९९६ रुपैयाँ, मेगा बैंक १ करोड ३४ लाख ९७ हजार २७३ रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी १ करोड २९ लाख ५० हजार ८०५ रुपैयाँ, हिमालयन डिस्ट्रिलरी १ करोड ६ लाख ८७ हजार ७२० रुपैयाँ र सिद्धार्थ बैंक ९५ लाख २७ हजार रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा सिनर्जी पावरका लगानीकर्ताले ६.८५, युनियन फाइनान्स ६.५९, रिलायन्स फाइनान्स ६.३६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतले कमाए । सप्तकोशी डेभलपमेन्ट बैंक ९.०९, शिवम् सिमेन्ट ५.४५, ओरियन्टल होटल ३.११, मल्टीपर्पोज फाइनान्स कम्पनी ३, साञ्जेन जलविद्युत् कम्पनी २.८७, र तिनाउ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले २.५८ विन्दुले गुमाए । 

salt training

कमेन्ट गर्नुहोस्