२३ जेठ २०८३, शनिबार

पत्रकारले राष्ट्रिय एकताका लागि कलम चलाउनुपर्छः नेता श्रेष्ठ

असोज १४, २०७६
पत्रकारले राष्ट्रिय एकताका लागि कलम चलाउनुपर्छः नेता श्रेष्ठ

हेटौँडा–नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रले राष्ट्रिय एकताका लागि कलम चलाउनु पर्ने बताएका छन् । 
 आज हेटौँडा आएका नेता श्रेष्ठले स्थानीय पत्रकारहरुसँगको भेटघाटका अवसरमा बहुजाति, बहुभाषी नेपाली समाजलाई समृद्ध बनाउन सञ्चार जगत्को योगदान रहनुपर्ने धारणा राखे । 

    प्रवक्ता श्रेष्ठले सरकारको कमीकमजोरीहरु देखाउने, खबरदारी गर्ने तथा कतिपय अवस्थामा उजागरसमेत गर्ने काम पत्रकारहरुको भएको उल्लेख गरे । उनले
 नेताहरुको महत्वविहीन भनाइलाई भन्दा पनि जनताका वास्तविक मुद्दाहरुलाई समाचार बनाउन अनुरोध गरे । 

     पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता श्रेष्ठले नेपाली प्रेसले देशको व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै सूचना प्रविधिको प्रयोग गरेर जनतालाई सुसूचित गर्दै समाजको सकारात्मक परिवर्तनमा योगदान दिन अनुरोध गरे । 
देशमा जनताको आवश्यकताअनुसारको राजनीतिक परिवर्तन भएको र देशले राजनीतिक निकास प्राप्त गरेको बताउँदै नेता श्रेष्ठले राजनीतिक परिवर्तनको उपलब्धिलाई संरक्षण गर्दै आर्थिक समृद्धिको यात्रामा लैजान सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा राखे । 

    
 

salt training

कमेन्ट गर्नुहोस्