
काठमाडौँ– राजधानीमा ट्रिपरको ठक्करबाट फेरि एक जनाको ज्यान गएको छ ।
थानकोटबाट कंलकी जाँदै गरेको बा२६ प ४९०३ नम्बरको मोटरसाइकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशातर्फ गइरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मुत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले मृत्यु हुनेमा जिल्ला चितवन रत्ननगर १६ का सुनिल अधिकारी रहेको बताए ।
यस्तै घाइते हुनेमा ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ४१ टिका बहादुर बाँनिया रहेका छन् । बाँनियाको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ ।
ट्रिपर र ट्रिपर चालकलाई भने महानगरीय प्रहरी बलम्वुले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजधानीमा ट्रिपर आतंक पटक पटक हुँदै आएको छ ।