२९ जेठ २०८३, शुक्रबार

महरा प्रकरणः २४ घण्टामा के–के भए ?

महरा प्रकरणः २४ घण्टामा के–के भए ?

काठमाडौं– यौन दुर्व्यवहार प्रकरणमा मुछिएका  सभामुख कृष्ण बहादुर महराले मंगलबार सभामुख पदबाट राजीनामा दिए । 
संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा दिएका थिए । 
२४ घण्टामा के–के भए ?
आइतबार राति ९ः३० बजे पीडितद्वारा १०० मा फोन
राति ९ः१९ बजे महानगरीय प्रहरी बृत्त वानेश्वरको टोली घटनास्थलमा
सोमबार बिहान ७ बजे गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनालबीच छलफल
साँझ ७ः३० बजे पीडितको आरोप अनलाइनद्वारा सार्वजनिक
मंगलबार ७ बजे नाराणकाजी श्रेष्ठ र महराबीच महरा निवासमा भेट
बिहान ८ बजे प्रचण्ड र महराबीच भेटवार्ता 
बिहान ९ः ३० बजे प्रहरी परिसर काठमाडौंको टोलीद्वारा प्रमाण संकलन, पीडितसँग छलफल
डीएसपी कृष्णबहादुर चन्द्रको नेतृत्वमा अनौपचारिक अनुसन्धान सुरु 
बिहान १० बजे प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच भेट
बिहान ११ बजे नेकपा सचिवालय बैठक, राजीनामा दिन सुझाव
दिउँसो १ः१० बजे महराद्वारा राजीनामा
दिउँसो २ः१५ बजे गृहमन्त्री आईजीपी भेट
साँझ ७ः५ पीडित भनिएकी महिलाको बयान फेरियो
–कान्तिपुरबाट

salt training

कमेन्ट गर्नुहोस्