०७ असार २०८३, आइतबार

नेपाल टेलिकमको फोरजी विस्तार आज

असोज १५, २०७६
नेपाल टेलिकमको फोरजी विस्तार आज

काठमाडौं –  नेपाल टेलिकमको महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले बुधबार ठोस नतिजा हासिल गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीको व्यवसायको अधिकतम हिस्सा थ्रीजीले ओगटेको सन्दर्भमा विस्तार परियोजनासँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमले ठूलो फड्को मार्ने छ ।

नेपाल टेलिकमले बुधबार सबै महानगरपालिकासहित मुख्य सहरमा फोरजी विस्तार गर्दै छ ।  गोरखापत्र दैनिकमा खबर छ । 

कमेन्ट गर्नुहोस्