१६ असार २०८३, मंगलबार

रोजगारीको कोटा बढाउँदै जापान

असोज १५, २०७६
रोजगारीको कोटा बढाउँदै जापान

काठमाडौं –जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउदै आवेदन खुला गरेपनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १ हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १ हजारमात्र नेपालीलाई केयरगिभरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौंस्थित जापानी राजदूतावासमार्फत त्यहाँको सरकारलाई अनुरोध गरिएको बताए ।

'दूतावाससँगको छलफलमा केयरगिभरको लागि निर्धारण गरिएको कोटा १ भन्दा बढी हुने गरी बढाउने आवश्वासन प्राप्त भएको छ,' सहसचिव ढुंगानाले भने, 'असोजको अन्तिम साता नेपाल र जापान सरकारबीच हुने अनलाइन बैठकमा समेत नेपालले कोटा बढाउने सम्बन्धमा अनुरोध गर्ने भएको छ ।'

नेपाल र जापानको रोजगारी सम्बन्धमा देखिएका समस्यामा छलफल गर्न दुवै देशका ३/३ जना प्राविधिक टोली (करेस्पोन्डेन्ट टिम) तोकिएको छ । यही टिमले जापानको रोजगामा देखिएका विभिन्न सुधारका पक्षमा छलफल गर्नेछन् ।

जापानले नेपाललगायत ९ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने जनाउदै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा १ हजारभन्दा बढी युवा लैजाने जनाएको छ । काराेबार दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्