
काठमाडौं – राष्ट्र बैंकले एक अर्ब ४० करोड रुपैयाँ निक्षेप राख्न बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ।
केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको रकम आगामी कात्तिक १ देखि २०७७ कात्तिक १ सम्मका लागि एक वर्षे मुद्दति निक्षेप राख्न राष्ट्र बैंकले सिलबन्दी दरभाउपत्र मागेको हो।
राष्ट्र बैंकले एक अर्ब ११ करोड ५४ लाख रुपैयाँ वाणिज्य बैंकलाई दिने भएको छ।
२० करोड ९१ लाख राष्ट्रिय स्तरका विकास बैंकलाई र ६ करोड ९७ लाख राष्ट्रिय स्तरका वित्त कम्पनीलाई दिने राष्ट्र बैंकले बताएको छ। यस्तो पैसा पाउन बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबारसम्म बोलकबोल पेस गर्नुपर्नेछ।
केन्द्रीय बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पैसा अभाव चर्किरहेको बेला यस्तो बोलकबोलको प्रस्ताव अघि सारेको हो।
राष्ट्र बैंकले यस्ता कोषको पैसा अहिले पनि बैंक तथा वित्तीय संस्थामा राखिरहेको छ। त्यसमा प्राप्त हुने ब्याज र नयाँ रकमसमेत जोडेर हरेक वर्ष बैंक तथा वित्तीय संस्थालाई निक्षेप दिँदै आएको छ। अन्नपूर्ण पोस्टले खबर छापेको छ ।