
काठमाडौं – ब्राजिलको रियो दे जेनीरोमा लागूऔषध कारोबार गर्नेहरूले शत्रुहरूलाई मारेर तिनको लाश खुवाउन सुँगुर पालेको आरोप लागेको छ ।
राज्य प्रहरीले गरेका दुई अनुसन्धानमा लागूऔषध कारोबारीहरूले कम्तीमा नौजनालाई मारेर भिगारियो गेराल क्षेत्रमा सुँगुरहरूलाई खुवाएको देखिएको छ ।
सुँगुरहरू एउटा कारोबारीको घरपछाडि राखिएको थियो ।
विल्टन आर्योना दा सिल्भा नामक व्यक्तिले सुँगुरहरू पालेको र उसको उपनाम नै लिटल पिग भएको प्रहरीको कथन छ ।
गत मे महिनामा सातजना मानिस हराएपछि सुँगुरको कुरा खुलेको हो ।
दुश्मन समूहसँग लडाइँ हुँदा कारोबारीहरूले हतियारसहित शत्रुहरूलाई आक्रमण गरेर मारेका थिए ।
त्यसपछि शत्रुहरूका लाश सुँगुरहरूलाई खान दिएको एक प्रत्यक्षदर्शीले बताए ।
सुँगुरहरूलाई लामो समयसम्म भोको राखेर शत्रुको लाश खुवाइएको बताइएको छ । अधिकारीहरूले गोप्य सूचना पाएपछि उक्त स्थानमा छापा मारेका थिए ।
एजेन्सी