२३ जेठ २०८३, शनिबार

रानीमहल क्षेत्रमा पहिरो खस्दा पर्यटक पैदलयात्रा गर्न बाध्य

रानीमहल क्षेत्रमा पहिरो खस्दा पर्यटक पैदलयात्रा गर्न बाध्य
फाइल तस्वीर

पाल्पा –ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन । सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य  छन् ।

तानसेन–रानीमहल सडक खण्डको गाईघाट नजिकै पहिरो खसेको थियो । पहिरो हटाउने काम नहुँदा तानसेनदेखि ऐतिहासिक, महत्व बोकेको पर्यटकीय क्षेत्र आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ ।

तानसेन नारायणडाँडा, गाईघाट हुँदै रानीमहलसम्म यात्रा गर्न छोटो सडक हो । १३ किलोमिटर छोटो दूरीमा रहेकाले पर्यटक यस सडक प्रयोग गर्ने स्थानीय बासिन्दा तथा होटल व्यवसायी वसन्त कुँवरले बताए।

पर्यटक गाईघाटसम्म गाडीमा आएर पैदलयात्रा गर्न बाध्य भएका छन् । वर्षाका कारण रानीमहलसम्म पुग्न आधादर्जन स्थानमा पहिरो खसेको छ । पाल्पाको तानसेनबाट स्याङ्जाको आलमदेवी क्षेत्रमा जानेहरु समस्यामा परेका छन् ।

दशैं तिहारको अवसरमा विद्यार्थीको निकै आकर्षणस्थलका रुपमा रानीमहललाई लिने गरिन्छ । विद्यालय बिदा भएपछि विद्यार्थी ठूलो संख्यामा आउने भएपछि यस क्षेत्रमा चहलपहल हुने गर्दछ ।

पाल्पाको तानसेन नगरपालिका– १३ स्थित रहेको रानीमहल विसं १९९५ मा पश्चिमा शैलीमा निर्माण गरिएको विशाल दरबार हो । पश्चिम कमाण्डर खडक शम्शेरले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकी तिरमा रहेको चट्टानमाथि दरबार निर्माण गरेका थिए ।

बेलायती इञ्जिनीयरको डिजाइनमा बनेको दरबार हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गर्दछन् । 

salt training

कमेन्ट गर्नुहोस्