३१ जेठ २०८३, आइतबार

क्रिसमस ट्रीमा बिषालु सर्प भेट्टिएपछि...

कात्तिक २०, २०७४
क्रिसमस ट्रीमा बिषालु सर्प भेट्टिएपछि...
अष्ट्रेलिया,४ पुस– क्रिसमसको चहलपहल शुरु भएसँगै अष्ट्रेलियामा राखिएको एक क्रिसमस ट्रीमा बिषालु सर्प भेट्टिएको छ । अष्ट्रेलियामा क्रिसमसको लागि तयार पारिएको क्रिसमस ट्रीमा बिषालु सर्प बेरिएको एक महिलाले थाहा पाएकी थिइन् ।

उक्त महिलाले सहयोगको लागी कराएपछि केही बेरमा सर्पलाई नियन्त्रणमा लिइएको थियो ।

सर्प समात्ने बैरी गोल्डस्मिथले घरको खुल्ला ढोकाबाट सर्प पसेको हुनसक्ने र क्रिसमस ट्रीमा बेरिएको हुनसक्ने बताए । उक्त सर्प टाइगर स्नेक प्रजातिकाे थियाे । अष्ट्रेलियाको समुन्द्री किनारमा पाइने याे प्रजातिका सर्प निकै बिषालु हुनेगर्छ ।

गोल्डस्मिथ ले भने ‘ ती महिला कोठाबाट बाहिर निस्केर रुमालले ढोका बन्दै गर्दै घरबाहिर निस्केकी थिइन् । ’
समातेको सर्पलाई जंगलमा छोडिएको छ । टाइगर स्नेक प्रजातिको सर्प अष्ट्रेलियामा संरक्षण प्रजातिमा पर्छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्