०९ असार २०८३, मंगलबार

नेकपाले सभामुख नछाड्ने, उपसभामुखलाई राजीनामा दिन लगाउने तयारी

असोज १७, २०७६
नेकपाले सभामुख नछाड्ने, उपसभामुखलाई राजीनामा दिन लगाउने तयारी

काठमाडौं . नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ।

‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’

संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नुपर्नेमा नेकपाले अनेक बहाना गरेको आरोप लगाउँछन्। ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनुपथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनुभयो। अब पनि बहाना बनाउनुभयो भने संविधानमाथि आक्रमण हुन्छ।’

प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए। तर दुवै पार्टी एकतापछि एकै दलको सभामुख र उपसभामुख बनेको भन्दै कांग्रेसले विरोध जनाएको थियो। नेकपाले कुनै एक पद नछोडेपछि त्यससम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्