२३ असार २०८३, मंगलबार

पापी बाउ : आफ्नै छोराछोरीलाई मारे अनि आगो लगाए (भिडियो)

पापी बाउ : आफ्नै छोराछोरीलाई मारे अनि आगो लगाए (भिडियो)

काठमाडौं – मेक्सिकोमा ६ जना सन्तानका पिताले आफ्नै सबै छोराछोरीलाई चक्कु हानेका छन् र आफ्नी जेठी छोरीको हत्या गरेका छन् । त्यसपछि उनले घरमा आगो लगाएका छन् अनि आत्महत्याको कोशिश गरेका छन् । 

पत्नीले छोडेर गएकाले आफैंलाई अनि आफ्ना छोराछोरीलाई मार्न खोजेको उनले प्रहरीसमक्ष स्वीकारेका छन् । 

कुआहतेमोकमा मंगलवार राति १० बजे होर्खे इजरेल भिल्लाफुएर्ते एलिजाल्डेले यो वीभत्स घटना गराएका हुन् । 

बच्चाबच्चीहरूलाई टाकाबुआ बाल अस्पताल लगिएको थियो । उनीहरूमा पोलेको घाउ अनि चक्कुप्रहारको घाउसमेत छ । 

जेठी छोरी फातिमाको बुधवार बिहान मृत्यु भएको छ । उनलाई निकै चोटपटक लागेको देखिएको छ । 

एक महिला प्रत्यक्षदर्शीले मेक्सिकन टीभी आज्टेकाले हत्यारा बाउले सोफाले झ्याल फुटाएको र घरमा आगो लगाएको बताइन् । 

उनले आफ्ना ससाना छोराछोरीमाथि पेट्रोल छर्केका थिए र उनीहरूलाई चक्कु हानेर कोठामा थुनेका थिए । 

उनीहरू डरले बेस्सरी चिच्याएको परैसम्म सुनिएको थियो । प्रहरी अधिकारीहरूले घरको ढोका फोरेर पस्न संघर्ष गर्नुपरेको थियो । 

छिमेकीहरूले आगो निभाउनका लागि बाल्टिनाक बाल्टिन पानी खन्याएका थिए । 

बाउले धारिलो हतियारले घाँटी काटेका थिए अनि घरको छतमा पुगेका थिए । पछि उनलाई प्रहरी अधिकारीहरूले घेरेर समातेका थिए । 

उनलाई स्थानीय अस्पताल लगिएको थियो र प्रहरी नियन्त्रणमा राखिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्