११ असार २०८३, बिहीबार

यो हो पँधेरामा नुहाए ५ सय जरिवाना तिर्नुपर्ने गाउँ

कात्तिक २०, २०७४
यो हो पँधेरामा नुहाए ५ सय जरिवाना तिर्नुपर्ने गाउँ
गोरखा, २१ चैत -मान्यता, परम्परा र अन्धविश्वास पनि थरीथरीका । उत्तरी गोरखाको गुम्दा गाउँभर यतिबेला धारा, पँधेरामा नुहाइधुवाइ गर्न पाइँदैन । कसैले नुहाइधुवाइ गरिहाले ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । तर पानी नपुगेर यस्तो रोक लगाइएको होइन । असिनापानी आउने डरले गाउँका धारा–पँधेरामा नुहाउन र लुगा धुन रोकिएको हो, कान्तिपुरमा खबर छ ।

‘नुहाइधुवाइ गरे धारा फोहोर हुने, देउता रिसाउने अनि असिना पर्ने भएकाले रोकिएको हो,’ गुम्दाकी माइली गुरुङले भनिन् । कसैले नुहाएको, कपडा धोएको भेटे महिला समूहले जरिवाना असुल्छन् । संकलित जरिवाना महिला समूहको सामूहिक काममा खर्च गरिन्छ । यो वर्ष पनि फागुन ६ गतेबाट नुहाइधुवाइ गर्न रोकिएको छ । लामाले हेराएपछि पँधेरो रोकिने स्थानीयको भनाइ छ । ‘गाउँका अगुवा भेला भएर लामालाई हेराइन्छ,’ गुरुङले भनिन्, ‘लामाले हेराएपछि फागुनबाट जेठसम्म धारामा लुगा धुन र नुहाउन पाइँदैन ।’ यतिबेला नुहाउन र लुगा धुन गाउँभन्दा परको खोलामा जानुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्