०६ असार २०८३, शनिबार

उपभोक्ता आत्तिँदा पम्पमा भीड, आयल निगम भन्छ– 'दशैंमा इन्धन विक्री खुला'

उपभोक्ता आत्तिँदा पम्पमा भीड, आयल निगम भन्छ– 'दशैंमा इन्धन विक्री खुला'

काठमाडौं– नेपाल आयल निगमले दशैंको समयमा पनि इन्धन वितरण हुने र पेट्रोल पम्पसमेत खुला रहने जानकारी गराएपनि पेट्रोल पम्पहरुमा भने भीड देखिन थालेको छ ।

काठमाडौंको सरकारी पेट्रोल पम्प साझा पेट्रोल पम्प, कलंकीको सीता पेट्रोल पम्प र टेकुको कनक ट्रेडर्स लगायतका पम्पमा भने शुक्रवार भीड देखिएको हो ।

दशैंको समयमा पेट्रोल पम्प तथा इन्धन वितरण बन्द हुन सक्ने भन्दै उपभोक्ताले पेट्रोल भर्न थालेका हु्न् । शुक्रवार दिउँसो अधिकांश पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको देखिन्थ्यो ।

यता नेपाल आयल निगमले भने दशैं तिहार लगायतका चाडपर्वका बेलामा इन्धनको आपुर्तिमा कुनै समस्या नआउने दावी गरेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले दशैं तिहार लगायतका चाडपर्वका बेलामा डिपोहरुबाट समेत इन्धन वितरण हुने र पेट्रोल पम्प समेत खुला राख्न निर्देशन दिइएको जानकारी दिए । ‘दशैंमा त्यस्तो कुनै समस्या हुँदैन’ पौडेलले भने, ‘हामीले डिपोहरुबाट पनि इन्धन वितरण गर्ने छौं र पम्प सञ्चालकहरुसँग पनि सल्लाह गरिसकेका छौं, ।’

नेपाल आयल निगमले भण्डारण क्षमता अनुसार इन्धन भण्डारण रहेको जानकारी दिँदै दशैं तिहारका बेलामा इन्धन भर्नको लागि नआँत्तिन उपभोक्ता वर्गमा अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्