२८ असार २०८३, आइतबार

चिनियाँ राष्ट्रपति शीको भ्रमणका लागि गरिन लागेको सडक पिचप्रति सर्वसाधारण सशंकित

चिनियाँ राष्ट्रपति शीको भ्रमणका लागि गरिन लागेको सडक पिचप्रति सर्वसाधारण सशंकित

काठमाडौं– चिनियाँ राष्ट्रपति सि जिन पिङको आसन्न नेपाल भ्रमणलाई लक्षित गर्दै सरकारले काठमाडौंका सडक पिच –कालोपत्रे) गर्न थालेको छ ।

आगामी २५ असोजमा हुने चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणलाई लक्षित गर्दै रातारात काठमाडौंका सडकहरु पिच गर्न थालेको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि काठमाडौंका सडक पिच गरेर सरकारले चिल्ला सडक बनाएको थियो । र सडकका छेउ रङ्ग रोगन गरेको थियो ।

त्यसपछि मोदी नेपालबाट गएको केही महिनामै सडकमा खाल्डा खुल्डी परेका थिए ।

यसपाली सिको भ्रमणका लागि पनि त्यस्तै ‘कच्ची पिच त गरेको होइन’ भन्ने आशंका गर्दै काठमाडौंको माइतीघर मण्डलामा एक यात्रु पिच कोट्याइरहेको देखिए ।

salt training

कमेन्ट गर्नुहोस्