१६ असार २०८३, मंगलबार

महरालाई पक्राउ नगर्न चर्को दबाब, प्रहरी अलमलमा

असोज १८, २०७६
महरालाई पक्राउ नगर्न चर्को दबाब, प्रहरी अलमलमा

काठमाडौं -निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने ? ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो।’

महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ। ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डकै सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन्’, ती स्रोत भन्छ, ‘तर, महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाब छ। यसले पनि हामीलाई दुविधा गराएको हो।’

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार महरालाई पक्राउ मात्रै नगरिएको हो। उनलाई अभियुक्तसरहकै व्यवहार प्रहरीले गरिरहेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्