१६ असार २०८३, मंगलबार

पिकअप गाडीको ठक्करबाट वृद्धाको मृत्यु

पिकअप गाडीको ठक्करबाट वृद्धाको मृत्यु

सप्तरी –कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा शनिवार भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । 

कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स.१च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको मृत्यु भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिए।  

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षण भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्