
काठमाडौं –सैनिक मंच टुँडिखेलमा फूलपातीको हर्षबढाई गरिएको छ ।
काठमाडौंको वसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्र्याएपछि शनिवार टुँडिखेलमा एक विशेष समारोहका बीच फूलपातीको हर्षबढाई गरिएको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिती रहेको थियो ।












