१२ असार २०८३, शुक्रबार

मूल्य बढेपछि खसीबोकाको बिक्री कम

असोज १९, २०७६
मूल्य बढेपछि खसीबोकाको बिक्री कम
फाइल तस्वीर

काठमाडौं –बजार मूल्य बढेपछि खसीबोकाको बिक्री कम भएको छ ।

चौपाया व्यवसायी संघ कलंकीका अनुसार जिउँदो खसी किलोमै १ सय ५० रुपैयाँसम्म बढेको छ । जसले गर्दा कम बिक्री भएको संघका पूर्वअध्यक्ष दीपक थापाले बताए । उनका अनुसार गत वर्ष घटस्थानादेखि फूलपातीसम्म ७ दिनमा खसीबोका र च्यांग्रा गरी ३० हजारवटा बिक्री भएको थियो ।

अहिले कलंकी होलसेल बजारबाट २२ हजारवटा मात्रै बिक्री भएको पूर्वअध्यक्ष थापाले बताए ।

‘अहिले उपभोक्ताहरू पर्ख र हेरको अवस्थामा छन् । महँगो पनि भएको छ,’ सरंक्षकसमेत रहेका पूर्वअध्यक्ष थापाले भने, ‘गत वर्षको तुलनामा ८ हजार कम बिक्री भएको देखिन्छ ।’ थापाका अनुसार गत वर्ष दसैंमा प्रतिकिलो खसी ५४० रुपैयाँमा बिक्री भएको थियो । च्यांग्रा ७ सय रुपैयाँमा बिक्री भएको थियो । अहिलेको खसीबोका ६९० रुपैयाँसम्मा बिक्री भएको छ । च्यांग्रा ७७० रुपैयाँसम्म बिक्री भएको उनले बताए ।

संघले घटस्थापनादेखि करिब ४०–४५ हजार उपत्यका भित्रिने र बिक्ने आकलन गरिको थियो । अहिलेसम्म कलंकी बजारमा २२ हजार मात्रै भित्रिएको छ । कम परिमाणमा भित्रिए पनि अभाव भएको छैन । अहिलेसम्म १८ हजार बिक्री भएको छ । यस्तै च्यांग्रा ५ हजार ५ सय भित्रिएको छ । जसमध्ये ४ हजार बिक्री भइसकेको थापाले बताए ।

व्यवसायीले सल्यान, सुर्खेत, रुकुम, रोल्पा, लाहान, जनकपुर, धादिङ, नुवाकोटलगायत जिल्लाबाट भित्र्याएका छन् । यीबाहेक भारतबाट पनि भित्रिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्