२२ असार २०८३, सोमबार

दुग्धजन्य पदार्थमा जथाभावी मूल्यवृद्धि

दुग्धजन्य पदार्थमा जथाभावी मूल्यवृद्धि
फाइल तस्वीर

काठमाडौं –दूधको मूल्यवृद्धि भएसँगै दुग्धजन्य पदार्थमा जथाभावी मूल्यवृद्धि भएको छ ।

सरकारले दूधको मूल्यमा प्रतिलिटर छ रुपियाँ वृद्धि गरेपछि दूधको मूल्यमा एकतारूपता देखिएको छैन भने दुग्धजन्य पदार्थमा पनि जथाभावी मूल्यवृद्धि गरेको छ ।

दूधबाट बन्ने दही, घिउ, पनिर, नौनी, चिज, महीलगायतको मूल्यमा जथाभावी वृद्धि भएको छ । डेरीअनुसार, ठाउँअनुसार मूल्य फरक भएका कारण उपभोक्ता मार परेका छन् । डेरी र उद्योगीमा पनि एकरूपता देखिएको छैन । दूधको मूल्यवृद्धि भएपछि कतिपय डेरी तथा उद्योगीले दुग्धजन्य पदार्थमा मूल्यवृद्धि गरेका छन् भने कतिपयले गरेका छैनन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी), सीताराम गोकुल मिल्कस् काठमाडौँ प्रा.लि.लगायतका डेरी उद्योगीले दुग्धजन्य पदार्थको मूल्यवृद्धि गरेका छैनन् भने डेरी उद्योग सङ्घमा आबद्ध डेरी तथा उद्योगहरूले दुग्धजन्य पदार्थको मूल्यवृद्धि गरेका छन् । यसले गर्दा उपभोक्ता मारमा परेका छन् ।

यस्तो किन त भनी जिज्ञासा राख्दा डीडीसीका निमित्त महाप्रबन्धक शैलेन्द्रकुमार घिमिरेले दुग्धजन्य पदार्थको मूल्य ‘ब्यालेन्स’ गर्न डीडीसीले विशेष प्रकारको दूध उत्पादन गर्दै आएको र त्यसको प्रतिलिटर १० रुपियाँ वृद्धि गरेको बताए। 'गाईको दूध, चियाको दूधमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरेका छाैं । त्यसैबाट अन्य दुग्धजन्य पदार्थमा समायोजन भइरहेको छ, उनले भने, 'उपभोक्ताकै लागि हामीले दुग्धजन्य पदार्थको मूल्यवृद्धि गरेका छैनौँ, अलिकति घाटा सहनु परे सहौँला ।'

त्यसको मारमा अरू डेरी पनि परेको छ । डीडीसीले दुग्धजन्य पदार्थको मूल्यवृद्धि नगरेका कारण कतिपय प्रतिस्पर्धीले वृद्धि गरेका छैनन् ।

सीताराम गोकुल्स् मिल्कका निर्देशक सुमित केडियाले आफूले डीडीसीका कारण घाटामा दुग्धजन्य पदार्थ बिक्रीवितरण गरिरहेको बताए। डीडीसीले दुग्धजन्य पदार्थको मूल्य वृद्धि नगरेका कारण बजारमा प्रतिस्पर्धा गर्न आफूहरूले वृद्धि नगरेको उनले बताए। गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्