काठमाडौं, २१ चैत - कारोबार खुलेको २० मिनेटमै नेपाल स्टक एक्सचेन्जमा सर्किट ब्रेक लागेको छ । नेप्से तीन प्रतिशतले बढेपछि १५ मिनेटको लागि सर्किट ब्रेक लागेको हो । नेप्सेमा विमा कम्पनी लगायत अरु कम्पनीहरुको शेयरमा बढोत्तरी आएसँगै उछाल आएको छ । कारोबार खुलेपछि नेप्से परिसुचक ५१ अंकले बढिसकेको छ ।