काठमाडौं – हृत्तिक रोशन र टाइगर श्रोफको फिल्म वारले बक्स अफिसमा राम्रो पैसा कमाइरहेको छ ।
पहिलो दिन नै ५३.३५ करोड रुपैयाँ कमाएको फिल्मले चौथो दिन शनिवार पनि शानदार कमाइ गरेको छ ।
शनिवार २५ करोड भारु कमाएर फिल्मले १२५.१५ करोड भारु हात पारेको हो ।
सिद्धार्थ आनन्दको निर्देशनमा बनेको वार बुधवार रिलिज भएको थियो । फिल्मले पहिलो दिन ५३.३५ करोड, दोस्रो दिन २४.३५ करोड भारु, तेस्रो दिन २२.४५ करोड र चौथो दिन २५ करोड कमाएको हो ।
यससँगै यो फिल्म यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीको १२औं स्थानमा पुगेको छ ।
एजेन्सी