१६ असार २०८३, मंगलबार

१० बुँदे एजेन्डासहित चौतारी र दौंतरी समूहले एनआरएनमा सामूहिक उम्मेदवारी दिने

१० बुँदे एजेन्डासहित चौतारी र दौंतरी समूहले एनआरएनमा सामूहिक उम्मेदवारी दिने
मिलन घिमिरे

काठमाडौंगैरआवासीय नेपाली संघ (एनआरएन)मा नैरास्यता र विरोधका स्वरहरू सुनिन थालेको भन्दै नेपाली डायसपोरामा प्रख्यात चौतारी र दौंतरी समूहले एनआएनको सुधारको नारासहित सामूहिक उम्मेदवारी दिने तयारी गरेका छन् । 

चौतारी समूहका २ सय ५० र दौंतरी समूहका २ सय ५० गरी ५ सय सदस्यको सहमति र छलफलपछि सामूहिक उम्मेदवारी दिने विषयमा छलफल छलिरहेको समूहका सदस्य मिलन घिमिरेले जानकारी दिए । 

समूहका सदस्यहरूबीच ‘म मेरो एनआरएन होइन हामी, हाम्रो एनआरएन र हाम्रो देश नेपाल’ को नारालाई मूर्तरूप दिन र दुवै समूहमा आबद्ध सदस्यहरूले एउटै पदमा उम्मदवार नहुने लगायतका कुराहरूमा सहमति भएको छ । ‘स्वस्थ्य प्रतिस्पर्धा र सबैको सहभागिता हुने गरी विश्व सम्मेलनमा सहभागिता जनाउने तयारी छ,’ घिमिरेले भने । 

एनआरएनमा व्यक्तिको कार्यक्षमता र संगठन चलाउने कुशलताभन्दा पैसा भएको व्यक्ति पदमा पुग्ने र आफ्नो व्यापार प्रबर्द्धन गर्ने गरेको भन्दै व्यापक असन्तुष्टि देखिएको छ । 

चौतारी र दौंतरी समूहले आफ्नो तर्फबाट कोही नेतृत्वमा पुगेमा गर्नुपर्ने कामलाई १० बुँदामा समेटेको छ–

१, एनआरएनमा चाहे खाडीको साथी होस या चाहे मलेसिया या अफ्रीकाको नै किन नहोस क्षमताको आधारमा नेतृत्व मा जान सक्ने बाताबरण सिर्जना गर्ने ।

२, चर्को उम्मेदवारी शुल्कको बिधान मै संशोधन गरेर सबै बर्गको उपस्थीती हुन सक्ने व्यबस्था गर्ने । 

३, हाम्रो राम्रो एनआरएन र बलियो संगठन बनाएर सिमीत ब्यक्तिगत लाभ को लागि होइन पूरै सदस्यहरूको हितमा काम गर्ने । 

४, विश्व सम्मेलनमा जान र सहभागि हुन कै लागि पनि २ वटा शुल्क निर्धारण गरेर हामीलाई ‘फूटाउ र राज गर’ भन्ने नीति लिइदैछ । त्यसको लागि विधान परिवर्तन गरेर सबै एनआरएन बराबरी मा लैजाने । 

५, यदी हामी सामाजिक संगठन हौ र हाम्रो काम समाज सेवा हो भने सम्मेलनका नाममा किन ५ तारे होटलमा कार्यक्रम, हजारौ को उस्थीती र करोडौ खर्च गर्ने ? बरु हरेक देशबाट प्रतिनिधित्वको लागी पाँच पाँच जना को नेतृत्व पठाउने र गोलमेचमा बसेर सर सल्लाह गर्ने र निचोड़ निकाल्ने । 

६, हाम्रो सचिवालय को खर्च हेर्दा हामी कुनै पनी मल्टी नेसनल कम्पनीको भन्दा कम छैनौ । यस्तो फजुल खर्च गर्नु भन्दा कसरी खर्च बचत र परोपकारि काममा लाग्न सकिन्छ, त्यस तर्फ सोच्ने। 

७, हामीले बिस्व संमेलनमा गर्ने हजारौ को खर्च, जाने आउने बस्ने लगायत को रकम संकलन गरी ७७ जिल्लामा गरीब निमुखा बिध्यार्थीहरूलाई सहयोग गर्ने । 

८, हाम्रो कार्यक्रम को भब्यता को खर्चले नेपालमा करिव १० देखि २० किलोमिटर सडक पिच हुन्छ, त्यस्ता काम किन नगर्ने ? 

९, लगानीको अबधारणा राम्रो हो, तर हरेक सदस्यको कम्तीमा १०० सय डलर सदस्यता दिंदा नै उठाउने र नाफा र रोजगारी मुलक  क्षेत्रमा लगानी गर्ने तथा हरेक सदस्यलाई उक्त लगानीको ग्यारेन्टी दिने । 

१०, हरेक देशमा सबै सदस्यहरूको सामुहिक बिमा गराउने र केही भै परी आएमा परिवार, हाम्रो संस्था सबैलाई सहज वातावरण को सिर्जना गर्ने । 

‘यती काम गर्न सकिने हो भने बल्ल ‘हाम्रो राम्रो एनआरएन’को मूल मर्म पूरा हुने छ । हामी कसैको ब्यक्तिगत बिरोध गर्दैनौ र कुनै पनि राजनीतिक पार्टीको हस्तक्षेप मन परौदैनौ’ घिमिरे भन्छन, ‘विसुद्ध सामाजिक कार्य गर्ने र त्यस्ता कार्यमा लाग्ने कुरामा हाम्रो समूहको सधै साथ, समर्थन सहयोग रहन्छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्