०२ असार २०८३, मंगलबार

१५ लाख रुपैयाँ प्रतिलिटरको दरले बिक्छ यो गँगटोको रगत

१५ लाख रुपैयाँ प्रतिलिटरको दरले बिक्छ यो गँगटोको रगत

काठमाडौं – गँगटो एक प्रजाति हर्श शुको रगत एक लिटरकै १५ लाख रुपैयाँ पर्छ । 

पानीमा पाइने यस गँगटोको रगत मेडिकल साइन्सका लागि अमृतभन्दा कम छैन । यसको रगत असाधारण हुन्छ । रातो नभई नीलो रंगको हुन्छ यसको रगत । 

यसको बनावट घोडाको नाल जस्तो देखिने भएकाले यसको नाम हर्श शु राखिएको हो । वैज्ञानिक नाम चाहिँ लिमुलस पोलीफेमस हो । 

हरेक वर्ष पाँच लाख गँगटाको रगत निकालिने गरेको छ । यसको असाधारण रगतकै कारण यसको हत्या हुने गरेको छ । 

यस गँगटोको रगतमा हिमोसाइनिन नामक पदार्थ हुन्छ र त्यसैले रगतलाई नीलो बनाउने हो । 

रगतलाई मानव शरीरभित्र पसाएर खतरनाक ब्याक्टेरियाको पहिचान गरिन्छ । त्यसबाट औषधिको सकारात्मक तथा नकारात्मक प्रभाव थाहा पाइन्छ ।

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्