०७ असार २०८३, आइतबार

महारालाई पक्राउ गर्न अदालतले दियो अनुमति

महारालाई पक्राउ गर्न अदालतले दियो अनुमति

काठमाडौं–तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

संसद् सचिवालयमा कार्यरत महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा सभामुखबाट राजीनामा दिइसकेका महरालाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतवार आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै रोशनी शाहीले शुक्रवार महराविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

महराले गत आइतवार १२ असोजमा रोशनीको कोठामा गएर बलात्कारको प्रयास गरेको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्