१० असार २०८३, बुधबार

बिरुवाहरू पनि कुराकानी गर्छन्, कसरी ?

बिरुवाहरू पनि कुराकानी गर्छन्, कसरी ?

काठमाडौं – बोटबिरुवाहरूले आफूमाथि कीराले आक्रमण गर्न लागेको खबर अन्य बोटबिरुवालाई दिनका लागि संवाद गर्ने गरेको खुलेको छ । 

कुनै कीराले पात, फूल वा डाँठ टोकेमा बिरुवाले आफ्नो प्रतिरक्षाका लागि स्वतः गन्धे रसायन निकाल्ने गरेको छ । 

यस्ता रसायनहरू निकालेर बिरुवाले आफ्नै प्रजातिका अन्य बिरुवालाई जोखिमका बारेमा जानकारी दिने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । 

बिरुवाहरूमा जेनोटाइपका आधारमा विभिन्न गन्ध हुन्छन् तर आक्रमणमा परेपछि ती सबै गन्धहरू एउटै गन्धमा सम्मिलित हुन्छन् र त्यसलाई अन्य बिरुवाले चिन्छन् । 

कोर्नेल विश्वविद्यालयको एक टोलीले बिरुवाको यस गतिविधिलाई उनीहरूको भाषा मानेको छ र यसैमार्फत बिरुवाहरूले कुराकानी गर्ने बताएको छ । 

प्राध्यापक आन्द्रे केसलरले भने, ‘उनीहरू एउटै भाषा, एउटै चेतावनीयुक्त संकेत प्रयोग गरेर खुला रूपमा सूचना शेयर गर्छन् ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्