
काठमाडौं– नेपाल र हङकङबीच चलिरहेको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालका करण केसीले राम्रो बलिङ गरेका छन् ।
ओमानमा चलिरहेका ५ देश सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल हङकङसँग खेलिरहेको छ ।
ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्न निर्णय गरेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको हङकङले ताजा अवस्थामा १५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९९ रन बनाएको छ ।
सो क्रममा नेपालका करण केसीले राम्रो कसिलो बलिङ गर्दै ३ विकेट दिएका छन् । उनले एउटै भोभरमा तीन विकेट लिएका हुन् । केसीले ३ ओभरमा ३० रन खर्च गर्दै ३ विकेट लिएका हुन् ।
५ देशको सहभागिता रहेको छी–ट्वान्टी श्रृङ्खलामा आयोजक ओमानका साथै नेपाल, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड रहेका छन् ।