०४ असार २०८३, बिहीबार

चीनले हतियार प्रदर्शन गरेपछि अमेरिकी जलसेनाले नयाँ क्षेप्यास्त्र सार्वजनिक गर्‍यो

चीनले हतियार प्रदर्शन गरेपछि अमेरिकी जलसेनाले नयाँ क्षेप्यास्त्र सार्वजनिक गर्‍यो

काठमाडौं – चीनले मंगलवार राष्ट्रिय दिवसको अवसरमा आफ्ना शक्तिशाली हतियारहरू प्रदर्शन गरेपछि अमेरिकाले प्रशान्त महासागरमा आफ्नो अत्याधुनिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । 

गुआम नजिक यूएसएस गेब्रिएल गिफ्फोर्ड्स युद्धपोतले आइतवार नेभल स्ट्राइक मिसाइल प्रक्षेपण गरेको छ । उक्त क्रुज मिसाइल राडारमा पत्ता लगाउन गाह्रो छ र यसले शत्रुका डिफेन्सहरूलाई पनि छल्न सक्छ । 

यो क्षेप्यास्त्रसँगै अन्य किसिमका हतियार पनि प्रक्षेपण गरिएको छ । 

गिफ्फोर्ड्स नेभल स्ट्राइक मिसाइलसहित तैनाथ गरिएको पहिलो अमेरिकी युद्धपोत हो । यसले प्रशान्त महासागरमा चीनसँगको सन्तुलन कायम राख्ने विश्लेषकहरूले बताएका छन् । प्रशान्त महासागरमा चीनले क्षेप्यास्त्रको गुणस्तर र संख्या दुवै बढाएको छ । 

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्