
काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबार लगिएको छ ।
प्रहरी टोलीले सभामुखको सरकारी निवास बालुवाटारबाटै नियन्त्रणमा लिएर महरालाई सिंहदरबार लगेको हो ।
महरालाई नियन्त्रणमा लिन काठमाडौं जिल्ला अदालतले आइतवार नै स्वीकृति दिएको थियो ।
महरालाई निवासबाट रातो रंगको निजी कारमा राखेर आइतवार साँझ प्रहरी वृत्त सिंहदरबार लगिएको हो ।
महरामाथि संसद् सचिवालयमै काम गर्ने एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
ती महिलाले प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छन् ।