१० साउन २०८३, आइतबार

मोटोपनले सतायो ? एक्लै खाना खानुस्, ठिक हुन्छ : अध्ययन

मोटोपनले सतायो ? एक्लै खाना खानुस्, ठिक हुन्छ : अध्ययन

 काठमाडौं – शरीरको मोटोपन घटाउनका लागि एक्लै भोजन गर्नुपर्ने एक अध्ययनले बताएको छ ।

एक नयाँ अनुसन्धानले बताएअनुसार, कुनै पनि मानिसले साथी वा परिवारमा भोजन गर्दा धेरै खाना खान्छ । तर उसले एक्लै खाना खाए कम रुच्ने अनुसन्धानले बताएको छ । 

अमेरिकन सोसाइटी अफ क्लीनीकल न्यूट्रीशनमा प्रकाशित अध्ययनमा बताइएको छ, सामाजिक रुपमा भोजन गर्ने व्यक्ति धेरै खाना खान्छ, तर एक्लै खाना खाँदा उसले धेरै कम खाना खान्छ । 

ब्रिटेनमा बर्मिघम विश्वविद्यालयकी अनुसन्धानकर्ता हेलेन रुडोकले बताएकी छिन्, ‘हाम्रो यस अध्ययनमा एक्लै भोजन गर्नेको तुलनामा साथी वा परिवारमा बसेर भोजन गरे बढी खाने निष्कर्ष निक्लयो ।’

अध्ययनका अनुसार, परिवार वा साथीसँग खाना खानेमा एक्लै खाना खानेमा भन्दा ४८ प्रतिशत धेरै खाने र मोटोपनले ग्रस्त महिलाहरूले परिवारमा भन्दा एक्लै खानेभन्दा परिवारमा बसेर खाना खानेले २९ प्रतिशत बढी खाना खाने पाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्