१६ असार २०८३, मंगलबार

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
फाइल तस्वीर

भरतपुर – चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैंडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो । 

रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई  गैंडाले आक्रमण गरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्