२० असार २०८३, शनिबार

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

भद्रपुर – तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ ।

साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उनी सम्मानित भएकी हुन्। सम्मानमा प्रमाणपत्रसहित उनलाई रु ११ हजार नगद प्रदान गरिएको थियो । 

प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईले मिर्गौला पीडित श्रीमान् शिवप्रसाद रिजालको असामयिक निधनपछि अनेक दुःखकष्ट सहेर आफ्ना नाबालक तीन छोराको लालनपालन गरी सामाजिक संस्कारसँगै शिक्षादीक्षा दिएर प्रतिष्ठित तथा आर्थिक सवल बनाउन सफल भएको हुँदा उनलाई आइतबार शनिश्चरेमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको बताए। 

मायादेवीका सन्तानमध्ये जेठा राजनप्रसाद र माइला भक्तराज यतिखेर सरकारी जागीरमा आबद्ध छन् भने कान्छा छोरा पनि जागीरका लागि तयारी गरिरहेका छन् ।

समाजमा स्थापित हुन छोराछोरीलाई अभिप्रेरित गरिरहेका एकल आमालाई विगत आठ वर्षदेखि प्रतिष्ठानले सम्मान गर्दै आएको अध्यक्ष भट्टराईले बताए।  सम्मानबाट यसअघि आठ जना सम्मानित भइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्