
काठमाडौं – जंगलमा लुकेको एक चितुवाले अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको दिमाग रिंग्याइरहेको छ ।
दुर्लभ चितुवाको तस्वीर रुसको पूर्वी भागमा रहेको चितुवा आरक्षमा खिचिएको हो ।
चितुवा बाँच्ने नै यसरी लुकेर बस्ने गरेकाले हो ।
तस्वीरमा हाँगासहितका रुखहरू छन् र पातहरू झरिसकेका छन् ।
चितुवा बडो चतुर्याइँका लुकेको छ र त्यसलाई पत्ता लगाउन निकै दिमाग खियाउनुपर्छ ।
आमुर चितुवाको संख्या जम्मा १२० छ र तिनीहरू पूर्वी रुसमा पाइन्छन् ।
सोभियत युगमा दशकौंसम्म चितुवाको शिकार गरिएकाले तिनीहरू विलुप्त हुन लागेका छन् ।
एक शताब्दी अघिसम्म यस प्रजातिको चितुवा कोरियाली प्रायद्वीप, चीनका अनेकौं प्रान्त र पूर्वी रुसका विभिन्न क्षेत्रमा भेटिन्थे ।
अहिले तिनीहरू रुसको प्रिमोर्स्की क्षेत्रमा मात्र पाइन्छन् ।
आरक्षमा आमुर बाघ र खैरो भालुहरू पनि पाइन्छन् ।

एजेन्सी