काठमाडौं – भारतको गुजरातमा रहेको जुनागढमा सोमवार ६० फीट लामो पुल भत्किँदा कम्तीमा चारजना घाइते भएको एक अधिकारीले बताएका छन् ।
आइतवार बेलुका पुल भत्किएपछि पुलमा गुडिरहेका केही वाहनहरू अड्केका थिए । उक्त क्षेत्रको सवारी आवागमनमा बाधा पुगेको थियो ।
पुलले वन्यजन्तु आरक्ष भएको सासान–गिर र जुनागढको मेन्दर्दा शहरलाई जोड्थ्यो । पुल ४० वर्षअघि मलंक गाउँमा बनाइएको थियो ।
‘आइतवार बेलुका पुल भासिएपछि चारजना घाइते भएका छन्,’ कलेक्टर सौरभ पार्धीले बताए ।
भत्किएर चोक्टिएका स्ल्याबमुनि दुईवटा कार र तीनवटा दुईपांग्रेहरू फसेको र पछि तिनलाई निकालिएको पार्धीले जानकारी दिए ।
4 injured in #Junagarh bridge collapse #Gujarat pic.twitter.com/7fttftPu7F
— TOI Ahmedabad (@TOIAhmedabad) October 7, 2019
एजेन्सी