०६ असार २०८३, शनिबार

यो मन्दिर जसको ढोका मन्त्रोच्चारण गरेर मात्र खुल्छ

यो मन्दिर जसको ढोका मन्त्रोच्चारण गरेर मात्र खुल्छ

भारतको केरलाको तिरुवनन्तपुरममा रहेको पद्मनाभ स्वामीको मन्दिर हिन्दुहरूका लागि पवित्र तीर्थस्थल हो । नेपालबाट पनि ठूलो संख्यामा तीर्थयात्रुहरू त्यहाँ पुग्छन् ।

भारतका प्रसिद्ध वैष्णव मन्दिरहरूमा यसको नाम लिइन्छ । यो भगवान् विष्णुको मन्दिर हो । यस मन्दिरको गर्भगृहमा भगवान् विष्णुको विशाल मूर्ति राखिएको छ । शेषनागमा शयन मुद्रामा भगवान् विराजमान हुनुहुन्छ ।

यो मन्दिर रहस्यले भरिएको छ । यहाँ अथाह सम्पत्ति छ । एक लाख ३२ हजार करोड रुपैयाँको सम्पत्ति भएको धनी मन्दिर हो यो । यस मन्दिरको रहस्यमय कथा पढेर तपाईँ आश्चर्यचकित हुनुहुनेछ ।

अठारौं शताब्दीमा त्रावणकोरका राजाहरूले पद्मनाभ मन्दिर बनाएका थिए । नवौं शताब्दीका ग्रन्थहरूमा समेत यस मन्दिरको चर्चा गरेको पाइन्छ । ती राजाहरूले आफ्नो सम्पूर्ण सम्पत्ति मन्दिरलाई दान गरेकाले पनि मन्दिर धनी भएको हो ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि त्रावणकोरलाई आफ्नो अधीनमा नराखेर शाही परिवारलाई सुम्पेका थिए र शाही परिवारले एक प्राइभेट ट्रस्ट बनाएर मन्दिरको रेखदेख गरेका छन् ।

यो मन्दिरको सम्पत्ति र रहस्य जान्नका लागि मानिसले मुद्दा हालेपछि सर्वोच्च अदालतले मन्दिरको द्वार खोल्ने आदेश दियो । यसमा रहेका सातमध्ये ६ द्वार खोल्दा अथाह सम्पत्ति फेला प-यो भने रहस्यले भरिएको सातौं द्वार अझै खोल्न बाँकी छ ।

सातौं द्वारमा न कुनै चुकुल छ न त आग्लो नै । त्यहाँ त दुईवटा सर्पहरूको चित्र छ । ती सर्पले यस द्वारको रक्षा गर्छन् । नागबन्धम् भनिने यो द्वार खोल्नका लागि कुनै साँचो आवश्यक छैन, गरुड मन्त्र उच्चारण गर्दा यो खुल्छ ।

तर जो पायो त्यसले गरुड मन्त्र उच्चारण गरेर हुँदैन, सिद्ध पुरुष, योगी वा तपस्वीले मात्र उच्चारण गर्दा द्वार खुल्छ ।

नियमानुसार स्पष्ट उच्चारण गरेमा मात्र द्वार खुल्छ । गलत उच्चारण गर्ने व्यक्तिको तत्काल मृत्यु हुन्छ । द्वार खोल्नका लागि मुद्दा हाल्ने व्यक्तिको पनि शंकास्पद अवस्थामा मृत्यु भएको थियो ।

नब्बे वर्षीय तिरुनल मार्तण्ड वर्मा जो त्रावणकोर राजपरिवारका प्रमुख हुनुहुन्छ, उनले सातौं द्वार खोल्दा देशमा प्रलय आउनसक्ने भएकाले यसलाई रहस्यकै गर्भमा बस्न दिनुपर्ने बताएका छन् ।

धेरै मान्छेले मन्दिरको यो अथाह सम्पत्ति जनताको भलाइमा लगाउनुपर्ने बताएका छन् जुन सही पनि हो ।

द टेलिग्राफ

salt training

कमेन्ट गर्नुहोस्