०६ असार २०८३, शनिबार

उत्तर कोरियालाई चीनले लगाम लगाओस् नत्र हामी सिध्याइदिन्छौं : ट्रम्प

कात्तिक २०, २०७४
उत्तर कोरियालाई चीनले लगाम लगाओस् नत्र हामी सिध्याइदिन्छौं : ट्रम्प

काठमाडौं, २१ चैत — चीनले उत्तर कोरियाको आणविक हतियार कार्यक्रम बन्द गराउनका लागि कडा कदम नउठाएमा अमेरिकाले एक्लैले कारवाही बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।


चीनका राष्ट्रपति सी चिनफिङ यही हप्ता अमेरिका भ्रमणमा आउन लागेको बेलामा ट्रम्पको यस्तो चेतावनी आएको हो । फाइनान्सियल टाइम्स पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पको चेतावनी आएको हो ।

सीले ट्रम्पलाई फ्लोरिडाको मार–ए–लेगो रिसोर्टमा भेट्दा उनीहरूबीच उत्तर कोरिया र दक्षिण चीन सागरका बारेमा चर्चा हुने सम्भावना छ ।

ट्रम्पले भने, ‘हो, हामीहरू उत्तर कोरियाका विषयमा कुरा गर्नेछौं । चीनको उत्तर कोरियामाथि गहिरो असर छ । उत्तरलाई लगाम कस्न हाम्रो मद्दत चीनले गर्छ कि गर्दैन भन्नेमा सबै कुरा निर्भर छ । मद्दत गरेन भने कसैलाई पनि फाइदा हुँदैन । कसैको सहायताविना नै अमेरिकाले उत्तर कोरियालाई सिध्याइदिन्छ ।’

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले उत्तर कोरियाको आणविक कार्यक्रमका सम्बन्धमा कारवाही बढाउन चीनमाथि अमेरिकाले दबाब दिएको बताएकी छन् ।

उत्तरलाई क्षेप्यास्त्र परीक्षण गर्नबाट प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघका प्रस्तावहरू असफल भएका छन् । अनेकौं दबाबका बाबजुद उत्तरले क्षेप्यास्त्र परीक्षण जारी राखेको छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्