२८ जेठ २०८३, बिहीबार

मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो, घाइते उद्धारका लागि हलिकप्टर पठाउने तयारी

कात्तिक २०, २०७४
मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो, घाइते उद्धारका लागि हलिकप्टर पठाउने तयारी
काठमाडौं, २१ चैत– मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा पहाडको ढिस्को खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ ।

आज बिहान १०ः३० बजे एक्कासी पहाडको ढिस्को खस्दा एउटा ट्याङ्कर, एउटा ट्रक, एउटा मिनि ट्रक र एउटा कार पुरिएको हो ।

घटनाको जानकारी पाए लगत्तै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका छन् ।

घटनालगत्तै उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अबस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठाइसकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्