काठमाडौं –अल कायदा इन इन्डियन सबकोन्टिनेन्ट (एक्यूआईएस)का प्रमुख आसिम उमर मारिएका छन् ।
अफगानी र अमेरिकी सुरक्षाबलको संयुक्त कारबाहीमा उनीसहित ६ आतंककारी मारिएको अधिकारीहरूले जनाएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मारिनेमा अधिकांश पाकिस्तानका नागरिक रहेका छन् ।
अफगान नेशनल डाइरेक्टरले ट्वीटमा जारी गरेको सन्देशका अनुसार, दक्षिणी हेलमन्द प्रान्तमा २२ तथा २३ सेप्टेम्बरमा भएको सुरक्षा कारवाहीमा उनीहरू मारिएका हुन् ।
यस घटनाको खुलासा भने मंगलवार मात्रै भएको हो ।