काठमाडौं– पाँच देश सम्मिलित ओमान क्रिकेट सिरिजमा आयरल्यान्डविरुद्ध नेपालले टस हरेर पहिले बलिङको निम्तो पाएको छ ।
ओमानको क्रिकेट एकेडेमीको मैदानमा टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
नेपालले आयरल्यान्डसँगको खेलका लागि दुई खेलाडी परिवर्तन गरेको छ । रोहित पौडेल र पवन शर्राफको स्थानमा इसान पाण्डे र सन्दीप जोराले मौका पाएका छन् ।
नेपालले यसअघि आफ्ना दुवै खेल जितेको छ । ३ खेल खेलेको आयरल्यान्डले भने २ मा जित र १ मा हार बेहोरेको छ ।