काठमाडौं – भारतको उत्तर प्रदेशस्थित पीलीभीतको एक प्रहरी चौकीमा एक प्रहरी अधिकारी टेबलमा केही काम गरिरहेका छन् भने बाँदरले उनको कपालबाट जुम्रा निकालिरहेको छ ।
यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सोमवार दिउँसो चौकीका प्रभारी निरीक्षक श्रीकान्त द्विवेदी उजुरी लिइरहेका थिए । एउटा बाँदर आएर उनको टाउकोमा बस्यो ।
द्विवेदीले उजुरी सुन्दै गर्दा बाँदर कपालको जुम्रा निकाल्दै खाँदै थियो । इन्स्पेक्टरले बाँदरलाई ओर्लन भने पनि टेरेन ।
इन्स्पेक्टरको कपालको सबै जुम्रा सकिएपछि बाँदर टाउकोबाट ओर्लियो र भाग्यो । अनि इन्स्पेक्टर आफ्नै काममा व्यस्त भए ।
एजेन्सी