बलिउडका सुपरस्टार सलमान खानको विवाह कहिले होला ? सबैलाई यसको उत्तर पाउन मन छ ।

विवाह त थाहा छैन तर उनको सम्बन्ध युलिया भन्तुरसँग रहेको चाहिँ पक्का भएको छ ।
सलमानले आफ्नो पूरै परिवारसँग माल्दिभ्समा भतिजो आहिलको जन्मदिनको छेको पारेर छुट्टी मनाउने क्रममा युलियालाई समुद्री किनारमा टाँसिएर बसेको अनि युलियाले सलमानको ढाढमा आफ्नो अनुहार लुकाएको फोटो लीक भएपछि यो खबर पुष्टि भएको हो ।
सलमान र युलिया मस्की मस्की टाँसिएका तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।