
नेपाली चलचित्रमा विदेशी फिल्मको अभिनयलाई कतिसम्म कपि गरिन्छ भन्ने अर्को उदाहरण दयाहाङ राई र प्रियंका कार्की अभिनित चलचित्र ‘ह्याप्पी डेज’मा देख्न सकिन्छ ।
बेलायतका रमणीय ठाउँहरुको दृश्य समेटिएको चलचित्रको टिजरमा एउटा यस्तो पनि दृश्य छ, जसलाई सलमान खान अभिनित बलिउड फिल्म ‘किक’बाट जस्ताको त्यस्तै उतारिएको छ ।

उक्त दृश्यमा अभिनेत्री पियंका कार्की ट्रेनको कुनै वास्ता नगरी ट्रेनको लाइन क्रस गरिरहेकी हुन्छिन् । बलिउड फिल्म ‘किक’मा सलमान खान साइकलमा चढेर ‘वेपर्वाह’ ट्रेनको लाइन क्रस गरिरहेका देखिन्छन् । नेपाली फिल्म ‘ह्याप्पी डेज’को दृश्यमा भने प्रियंका पैदलै ट्रेनको लाइन क्रस गरिरहेकी देखिन्छिन् ।
आज (सोमबार) युट्युवमार्फत रिलिज गरिएको चलचित्रको टिजरमा प्रियंका र दयाहाङ राईको रोमाञ्सलाई पनि फिचर गरिएको छ ।
चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जेनिसा लिम्बुलगायतको मूख्य भूमिका छ ।चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइले निर्माण गरेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
