कुखुराको एउटा अण्डाको कति पर्ला ? सामान्य जवाफ हुन्छ १५ देखि २० । तर एउटा अण्डाको मूल्य झण्डै तीन करोड पर्छ भन्यो भने तपाई पत्याउन हुन्न हो ।
आकारमा कुखुराको अण्डाजत्रो मात्रै भएपनि यो अण्डाको मूल्य सुन्दा तपाईले पत्याउन सक्नु भएन ।
१८ क्यारेटका ९ सय १० ह्वाइट गोल्ड हिरा जडित यो विशेष खालको अण्डा हो । बेलायतको लण्डनस्थित एक गहना निर्माताले ‘डायमण्ड मेमोरी एग’ नामबाट यो विशेष इस्टर अण्डा तयार पारेको हो ।
यो अण्डाको विशेषता अर्को पनि छ । यसभित्र दुईवटा तस्वीर राख्न सकिन्छ र त्यसलाई एउटा लकेट जस्तै गरी पहिरिन पनि सकिन्छ ।

अप्रिल महिनामा मनाइने इशाई धर्माबलम्बीको ठूलो पर्व इस्टरमा रंगीविरंगी सजावटका कृत्रिम अण्डा उपहार दिने चलन छ । यस्तोमा हिरा जडित कृत्रिम अण्डा मानिसहरुको रुचीमा पर्ने गर्दछ । जसलाई ध्यानमा राखेर गहना निर्माताले यस्तो अण्डाको उत्पादन गरेका हुन् ।
डेलिमेलबाट