
काठमाडौं – रुसका तीन प्रहरी अधिकारीहरूले चोरीको आरोप लागेका एक व्यक्तिलाई साबिती बकाउनका लागि तातो आइरनले डामेको आरोप लागेको छ ।
ती ३१ वर्षीय आरोपितलाई यातना दिएको आरोप साबित भएमा अधिकारीहरूले १० वर्षसम्मको कारावास सजाय भोग्नुपर्ने हुन्छ ।
फौजदारी अनुसन्धानकर्मी भिटाली आल्याब्येभले तीनजना अधिकारीहरूले उक्त व्यक्तिको नितम्बलाई आइरनले डामेको पाइएको बताए ।
स्तब्ध बनाउने तस्वीरहरूलाई ती व्यक्तिका नितम्बहरूमा पोलेको डाम देखिएको छ । पछि उनलाई ब्यान्डेज लगाइएको थियो ।

यातना दिइएका व्यक्तिको नाम इभानोभ हो र उनले प्रहरीबाट प्रतिशोधात्मक कारवाही हुने डरले पूरा नाम दिन मानेनन् ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अधिकारीहरू दोषी पाइएमा जागिरबाट बर्खास्त गर्ने बताएको छ ।
एजेन्सी