
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति शी चिनफिङप्रति आभार व्यक्त गरेका छन् । राष्ट्रपति शीलाई विमानस्थलबाट विदाइ गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको बताएका हुन् ।
'मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति शी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ,' प्रधानमन्त्री ओलीले लेखेका छन्, 'उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।'
ओलीले नेपाल र नेपाली जनताप्रति शीले देखाएको सद्भाव र सदिक्षाका लागि आभार व्यक्त गरेका छन् । 'नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु,' ओलीले ट्वीटमार्फत भने, 'भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।'
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ। pic.twitter.com/M3T2644frx
— KP Sharma Oli (@PM_Nepal) October 13, 2019