०६ असार २०८३, शनिबार

फ्लाइट छुटेपछि यी यात्रुले गरे विमानस्थलमा उपद्रो (भिडियो)

फ्लाइट छुटेपछि यी यात्रुले गरे विमानस्थलमा उपद्रो (भिडियो)

काठमाडौं – रुसको राजधानी मस्कोमा रहेको शेरेमेत्येभो अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुले तोडफोड गरेका छन् । डिपार्चर लाउन्जमा बसेर रक्सी पिइरहँदा उनको फ्लाइट छुटेपछि रिसाएर उनले उपद्रो मच्चाएका हुन् । 

घटनाको सीसीटीभी फूटेजमा ती व्यक्तिले डिपार्चर गेटको बन्द गरिएको ढोका लगातार खोल्न खोजेको देखिन्छ । 

खोल्न नसकेपछि उनी ढोकाबाट टाढा जान्छन् र चेकइन डेस्क नजिकका अन्य कुरालाई लात हान्दै भत्काउन थाल्छन् । 

क्रुद्ध यात्रु डेस्क नजिक भुइँमा पछारिन्छन् अनि फेरि उठेर ब्यारियरतर्फ जान्छन् । 

त्यसपछि उनी नजिकैको कम्प्युटर मोनिटर समात्छन् र तान्न थाल्छन् । उनी कीबोर्ड समातेर डेस्कमा पछार्छन् । 

विमानस्थलका सुरक्षाकर्मीहरू टर्मिनल बीमा कुनातिर दौडिएको देखिन्छ । उनलाई सुरक्षाकर्मीले भुइँमा पछारेको देखिन्छ । 

अन्य यात्रुहरू चाहिँ सामान्य घटना झैं हेरिबस्छन् । 

उनलाई विमानस्थलको प्रहरी चौकीमा लगेर हुलहुज्जतको आरोप लगाइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्