०२ असार २०८३, मंगलबार

कमल थापालाई झड्का, निधिलाई नै दोस्रो वरीयता दिने तयारी

कात्तिक २०, २०७४
कमल थापालाई झड्का, निधिलाई नै दोस्रो वरीयता दिने तयारी
काठमाडौँ, २२ चैत - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछिको वरीयतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोक्ने भएका छन् ।kamal_Thapa_rabindra_adhikari
गत २६ फागुनमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएदेखि प्रधानमन्त्रीपछिको वरीयतामा को भन्ने विवाद छ । ‘अब प्रधानमन्त्रीले वरीयता विवाद मिलाउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘मंगलबारसम्ममा उहाँले वरीयता टुंग्याउनुहुन्छ ।’

थापालाई सरकारमा सहभागी गराएर आफूपछिको वरीयतामा राख्न खोजेपछि निधिले प्रधानमन्त्रीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर असन्तुष्टि जनाएका थिए । वरीयता विवादकै कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको थियो । स्रोतका अनुसार मंगलबार प्रधानमन्त्रीले निधिलाई आफूपछिको वरीयतामा राख्दै छन् ।

salt training

कमेन्ट गर्नुहोस्