०६ असार २०८३, शनिबार

चिनियाँ राष्ट्रपति सीले भने–नेपालमा रेल आउँछ

असोज २७, २०७६
चिनियाँ राष्ट्रपति सीले भने–नेपालमा रेल आउँछ

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । 
उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लोओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् । 
नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओसनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाइ थियो । 
वार्तामा सहभागी एक मन्त्रीका अनुसार सीले केरुङ–काठमाडौं रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए । उनले नेपालमा रेलको कुरा अब छलफल र बहसको विषय नै नभएको बरु त्यसलाई कसरी ल्याउने भन्नेतर्फ ध्यान केन्द्रित भइरहेको बताए । कान्तिपुर दैनिकमा यो खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्