०१ असार २०८३, सोमबार

यी हुन् चिनियाँ राष्ट्रपति शीलाई मनपर्ने ५ पुस्तक

असोज २७, २०७६
यी हुन् चिनियाँ राष्ट्रपति शीलाई मनपर्ने ५ पुस्तक

काठमाडौं –     चिनियाँ राष्ट्रपति शी चिनफिङको पुस्तकप्रतिको लगाव गज्जबको छ, उनले एकपटक भनेका थिए, ‘मेरा धेरै सोखमध्ये अध्ययन मुख्य हो ।’ चाहे घरमा हुँदा होस् वा विदेश सयरमा, उनी पढ्न रुचाउँछन् । सीको जीवनमा प्रभाव पार्ने केही पुस्तक यस्ता छन् :

यु फेईकी आमाले खोपाइदिएको ट्याटु 
यो तस्बिर पुस्तकले प्राचीन चीनका राष्ट्रवादी जनरल यु फेई (सन् ११०३–११४२)को जीवनबारे बोल्छ । एउटा तस्बिरमा फेईकी आमाले उनको शरीरको ढाडमा ट्याटु खोपाइदिएकी छिन् । ‘इमानदार भएर देशको सेवा गर्नू,’ ट्याटुमा लेखिएको छ । सीले ५ वा ६ वर्षको उमेरमै यो पुस्तक पढेका हुन्, त्यसयता यी शब्द उनको जीवनका अमूल्य सिद्धान्त बनेका छन् । 

वार एन्ड पिस 
चीनको दुर्गम क्षेत्रमा काम गर्दा एक शिक्षकसँग सीले यो पुस्तक मागेका थिए । लियो टल्सटयका पुस्तकमध्ये सीलाई सर्वाधिक मनपर्ने पुस्तक यही हो । 

प्राचीन चिनियाँ क्लासिक 
सीले निरन्तर रूपमा यस पुस्तकमा संगृहीत प्राचीन चिनियाँ कथाका उदाहरण दिन्छन् । जस्तो, ऐतिहासिक रेकर्डस् (सिन्जी), क्लासिक अफ पेयट्री (सी जिङ), बुक अफ राइट्स (लिजी), बुक अफ डकुमेन्ट्स (सान्जसु) । 

द ओल्ड म्यान एन्ड द सी 
अर्नेस्ट हेमिङवेको यो लघु उपन्यासले सीलाई निकै प्रभावित ग-यो, अनुभवी बुढो माझी सान्टियागो र मार्लिन प्रजातिको माछाबीचको द्वन्द्वबारे उपन्यास केन्द्रित छ । लेखक हेमिङवेले कसरी यस्तो पुस्तक लेख्ने प्रेरणा पाए भनेर बुझ्न सी ती स्थानमा पनि पुगे, जहाँ बसेर अर्नेस्टले पुस्तक लेखेका थिए । 

ह्वाट इज टु बी डन 
निकोलाई चेर्नास्हिभस्काईको यस पुस्तक पढेपछि सी निकै प्रभावित भए । पुस्तकको मुख्य पात्रको प्रभाव सीमा यतिसम्म प¥यो कि उनी डसना नओछ्याई सुत्न थाले । हिउँ परिरहेको समयमा उनी बाहिर हिँडडुल गर्थे र आफ्नो इच्छाशक्ति बलियो बनाउन चिसो सावर लिन्थे ।  नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्