२५ जेठ २०८३, सोमबार

दशैंपछिको सन्तुलित भोजन : यी कुरामा ध्यान दिनुहोस्

असोज २७, २०७६
दशैंपछिको सन्तुलित भोजन : यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं –   दशैंको समयमा हर्ष र उल्लास त हुन्छ नै । रमाइलोसँगै मानिसहरू अत्यधिक खानपिन गर्छन् ।

विशेषगरी हेभी मासुजन्य परिकार, चिल्लो पिरो तथा कोल्ड र हार्ड ड्रिंङ्स अन्य समयभन्दा धेरै नै खपत हुन्छ । दशैं सकिएपछि  खानपानलाई साविककै अवस्थामा फर्काउन ध्यान दिनुपर्ने मनमोहन मेमोरियल अस्पतालका जनरल सर्जन डा‌ जीवेश्वरलाल झा बताउँछन् । दशैं सकिएपछि  खानपानलाई साविककै अवस्थामा फर्काउन उनले दिएका सुझावहरू यस्ता छन् । 

- दशैंमा चिल्लो पिरो र हेबी खाना लिनुभयो होला । अब बिस्तारै सागसब्जी र हरिया तरकारीको अत्याधिक सेवन गर्नुस् । 

- झोलिलो परिकारले पेटलाई हल्का राख्न मद्दत गर्छ । सुक्खा तथा ड्राई फास्टफुडबाट पनि टाढै रहनु नै फाइदाजनक रहन्छ । चिल्लो र पिरोको मात्रालाई पनि कम गर्नुपर्छ ।  

- हामीमध्ये धेरैको बानी भोको पेटमा चिया पिउने हुन्छ । यसले पेटलाई राम्रो गर्दैन । चियासँगै बिस्कुट, पाउरोटीलगायत अन्य खानेकुरा खानुपर्छ ।

- दशैंमा बाँकी रहेको मासु लामो समयसम्म खाने प्रवृत्ति राम्रो होइन । यदि प्रयोगमा ल्याउनु नै छ भने पनि राम्रोसँग फ्रिजिङ गर्न जरुरी हुन्छ । राम्रोसँग फ्रिजिङ गरिएको छ भने लामो समयसम्म पनि खानयोग्य रहन्छ ।

बाँकी रहेको मासु 

दशैंमा बाँकी रहेको मासु लामो समयसम्म खाने प्रवृत्ति राम्रो होइन । यदि प्रयोगमा ल्याउनु नै छ भने पनि राम्रोसँग फ्रिजिङ गर्न जरुरी हुन्छ । राम्रोसँग फ्रिजिङ गरिएको छ भने लामो समयसम्म पनि खानयोग्य रहन्छ । तर, त्यस्तो मासुलाई ‘डिप फ्राई’ गर्नु आवश्यक हुन्छ । सकेसम्म बिरामीलाई यस्तो मासु खान दिनुहुन्न । 

धेरैले दशैंमा बाँकी रहेको काँचो मासुलाई सुकुटी बनाउने गर्छन् । तर, सुकुटी घाममा राम्रोसँग सुकेको छ वा छैन भन्ने विषय ध्यान दिन आवश्यक छ । यदि सुकुटीमा ‘मोस्कराइज’ लागेको छ भने त्यसमा विभिन्न ब्याक्टेरिया लागेका हुन्छन् । यसकारण पनि सुकुटी पनि राम्ररी सुकेको हुनुपर्छ । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्